गृहमन्त्री लामिछानेको राजीनामा माग्दै आन्दोलन थप शसक्त बनाउन राप्रपा अध्यक्षको निर्देशन

काठमाडौं । राप्रपाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै आन्दोलन थप शसक्त बनाउन राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनले कार्यकर्तालाई निर्देशन दिएका छन् । आज दिउँसो काठमाडौंमा गरिएको राप्रपाको शान्तिपुर्ण आन्दोलनमा प्रहरीले दमन गरेकाले गृहमन्त्री लामिछानेले राजीनामा दिनुपर्ने अध्यक्ष लिङ्देनको भनाई छ ।

राप्रपाले प्रर्दशन गरेको भद्रकाली क्षेत्रमा संचारकर्मीलाई प्रतिकृया दिदै अध्यक्ष लिङ्देनले शान्तिपुर्ण प्रर्दशनमा प्रहरीले बल प्रयोग गरेर दमन गरेको बताए । उनले राप्रपाका उपाध्यक्ष एवम् सांसद बुद्धिमान तामाङलाई प्रहरीले घाइते बनाएको समेत बताए ।

राप्रपाको आन्दोलन भद्रकालीमा निषेधित क्षेत्र तोड्दै सिंहदरवारतर्फ अघि बढ्न थालेपछि प्रहरीले रोक्न खोज्दा झपड भएको थियो । प्रर्दशनकारीले प्रहरीतर्फ ढुंगा, इट्टा हानेपछि प्रहरीले जवाफमा पानीको फोहरा र लाठीचार्ज गरेको थियो । संर्घीय लोकतान्त्रि गणतन्त्र ब्यवस्थालाई ढालेर राजासहितको प्रजातन्त्र ल्याउने भन्दै राप्रपाले आन्दोलन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार