देउवाले भनेः ‘लामिछानेविरुद्ध धेरै प्रमाण छन्, संसदीय छानबिन समिति बन्नै पर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविन समिति बन्नै पर्ने बताएका छन् ।

आज नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसेको काँग्रेसको संसदीय दलको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले गृहमन्त्री लामिछानेले सहकारी ठगी गरेका पुर्थै प्रमाण रहेकाले संसदीय छानबिन हुनुपर्ने बताएका हुन् ।

गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएकाले संसदीय छानबिन समिति बन्नुपर्ने भन्दै संसदमा खरो प्रश्न उठाउँदै आएको छ। कांग्रेसले संसदीय छानबिन समिति गठन नभए संसद चल्न नदिने चेतावनी समेत दिइसकेको छ ।

लामिछानेको सहकारी ठगी प्रकरणबारे छानविन समिति बनाउने बिषयमा सत्ता गठबन्धन र काँग्रेसबीच आज भएको छलफल विना निष्कर्ष सकिएपछि प्रतिनिधि सभा बैठक पनि चल्न सकेन ।

रास्पपाले काँग्रेसले बदलाको राजनीति गरिरहेको दावी गरेको छ । काँग्रेसले सत्ता छोड्नुको पीडामा छटपटिदै लामिछानेमाथि गलत आरोप लगाइरहेको रास्वपाका नेताहरुको दावी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार