राप्रपाको आन्दोलनले निषेधित क्षेत्र तोडेपछि १४ प्रदर्शनकारी घाइते, २ जना पक्राउ

काठमाडौं । राप्रपाको आन्दोलनमा झडप भएपछि १४ जना घाइते हुनका साथै दुई जना प्रक्राउ परेका छन् । प्रर्दशनकारीहरुले काठमाडौंको भद्रकाली क्षेत्रको निषेधित क्षेत्र तोडेपछि प्रहरीसंग झपड हुँदा १४ जना घाइते हुनका साथै दुईजना पक्राउ परेका हुन् ।

४० बुँदे माग राखेर शान्तिपुर्ण आन्दोलन गर्ने भनिएको राप्रपाको आन्दोलन उग्र भएपछि प्रहरीले बल प्रयोग गरेको थियो । प्रदर्शनकारीहरुले निषेधित क्षेत्र तोड्दै तोडफोड गर्दै प्रहरीमाथि ढुंडा, इटा हान्न थालेपछि प्रहरीले लाठीचार्ज गर्दा प्रर्दशनकारी घाइते भएका हुन् ।

प्रदर्शनकारी उग्र हुँदै तोडफोडमा उत्रिएपछि प्रहरीले सुरुमा पानीको फोहोरा हानेको थियो । अवस्था अझै उग्र बनेपछि प्रहरीले लाठी चार्ज गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआइजी दीपक थापाले बताए ।

संघीय लोकतान्त्रि गणतन्त्र खारेज गर्दै राजासहितको हिन्दुराष्ट्र हुनुपनै भन्दै राप्रपाले आन्दोलन गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार