स्वतन्त्र उम्मेदवार डकेन्द्रसहित सुहाङ, डम्बर र मिलनले पनि गरे मतदान


इलाम । स्वतन्त्र पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बुले मतदान गरेका छन् । आज बिहान उनले आफ्नै पालिका फाकफोकथुम गाउँपालिका ३ स्थित सिंहदेबी मावि शुक्रबारे (क) को मतदान केन्द्रमा मतदान गरेका हुन् ।

यस्तै रास्वपाका उम्मेदवार मिलन लिम्बूले पनि माङसेबुङ २ दहगाउँस्थित जनता कल्याण आधारभुत विद्यालयको ‘ख’ केन्द्रबाट मतदान गरेका छन् । त्यसैगरी एमाले उम्मेदवार सुहाङ नेम्वाङले महेन्द्ररत्न बहुमुखी क्याम्पसको ‘ग’ केन्द्रबाट मतदान गरेका छन् ।
काँग्रेसका उम्मेदवार डम्बर खड्काले महेन्द्र रत्न बहुमुखी क्याम्पसकै ‘क’ केन्द्रबाट मतदान गरेका छन् ।

निर्वाचन आयोगकाअनुसार इलाम २ मा १ लाख १६ हजार ८८९ मतदाता रहेका छन् । जसका लागि ७९ मतदानस्थल र १४९ मतदान केन्द्र रहेको आयोगले जनाएको छ । तीमध्ये ७१ मतदान केन्द्र सामान्य, ४१ संवेदनशील र ३७ अतिसंवेदनशील रहेको आयोगको भनाई छ। निर्वाचन अधिकृतको कार्यालयले जनाएअनुसार मतदान आज बिहानको ७ बजेदेखी साँझ ५ बजे सम्म हुने छ।

इलाम २ निर्वाचन क्षेत्रमा मा ३ नगरपालिका र ३ गाउँपालिका गरि ६ वटा स्थानीय तहका ४२ वडा छन्।
जसमा इलाम नगरपालिकामा ११, देउमाई नगरपालिकामा ९, माई नगरपालिकामा ३, फाकफोकथुम गाउँपालिकामा ७, चुलाचुलीमा ६ र माङ्सेबुङमा ६ वडाहरु रहेका छन। सबै वडाहरुबाट स्थानियहरु उत्साहपुर्ण ढंगले मतदानमा सहभागी भइरहेका छन् ।

जिल्ला निर्वाचन कार्यालय, इलामका अनुसार इलाम नगरपालिकामा ३४ हजार ४५ मतदाता रहेका छन्। त्यस्तै माई नगरपालिकाका ८ हजार ९६, देउमाईमा २६ हजार ३६५, फाकफोकथुममा १६ हजार ३०२, माङसेबुङमा १२ हजार ५३६ र चुलाचुलीमा १८ हजार ५४५ मतदाता रहेका छन्।

इलाम २ को उपनिर्वाृचनमा संघीय सांसदका लागि पार्टीर स्वतन्त्र गरी १९ जनाले उम्मेदवारी दिएका छन् ।
जसमा दलहरुबाट नेकपा एमालेबाट सुहाङ नेम्बाङ, नेपाली कांग्रेसबाट डम्बर खड्का, रास्वपाबाट मिलन लिम्बू, राप्रपाबाट लक्ष्मी गुरुङ, नेकपा (एकीकृत समाजवादी) बाट जितबहादुर राई, जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, र स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिम ९लिम्बू० बढी नै चर्चामा छन भने प्रतिस्पर्धा पनि यी ४ जना उम्मेदवार मै कडा देखिन्छ।

मंगोल न्याशनल अर्गनाइजेशनका मणिबहादुर लिम्बू, नेपाल मजदूर किसान पार्टीबाट श्यामबहादुर दर्जी, मंगोल नेशनल अर्गनाइजेशनका मणिबहादुर लिम्बू, राप्रपा नेपालका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार, नेसनल रिपब्लिक नेपालका धनराज राना गमर र राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्तविक्रम शाह उम्मेदवार छन्।

यस्तै स्वतन्त्रबाट पहिचानवादी डकेन्द्र सिंह थेगिम लिम्बु, अर्जुनबहादुर शाही, डाकप्रसाद गौतम, दीपेश बोहोरा, मनोज निरौला, योगेन्द्र गुरुङ र राज बस्यालले उम्मेदवारी दिएका छन्।

चुनावी माहोल हेर्दा मुख्य प्रतिस्पर्धीका रुपमा काँग्रेस, एमाले, रास्वपा र स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह अघि देखिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार