मिस एण्ड मिसेस ईण्डिजिनियस २०२४ सिजन ३ को अडिसन बैशाख २२ गते

काठमाडौ । मिस एण्ड मिसेस ईण्डिजिनियस (२०२४ सिजन) ३ को अडिसन हुने भएको छ । एसके ईन्टरटेनमेन्टको प्रस्तुतिमा यहि बैशाख २२ गते शनिबार, दिउँसो १२ बजे काठमाडौको सामाखुसी स्थित बिशाल मल्टि स्पोर्ट्स ट्रेनिङ एण्ड टुर्नामेन्ट सेन्टरमा अडिसन हुन लागेको आयोजक शान्ता तामाङले बताइन् ।

मिसेस नेपाल आइकन २०१५ कि फर्स्ट रनर अप एवम् समाजसेवी समेत रहेकी शान्ता तामाङले सन् २०१६ देखि मिस एण्ड मिसेस ईण्डिजिनियस प्रतियोगिता संचालन गर्दै आएकी छन् । महिलाहरु चुलो र चौकोमा मात्रै सिमित नभई मौका पाएमा हरेक क्षेत्रमा काम गनृ सक्ने गरी चौतर्फी क्षमता विकास गर्ने उदेश्यले हरेक बर्ष यो प्रतियोगिता संचालन गर्दै आएको तामाङले बताइन् ।

विभिन्न जनजाति आदिवासी भेषभुषा एबं संस्कृतिको समिश्रणका साथै संस्कृति तथा रहन सहन सम्बन्धि बिबाहित र अविवाहित गृहिणी र व्यावसायिक महिला दिदी बहिनी मार्फत स्वदेश तथा बिदेशमा समेत प्रबर्द्धन एबं सामाजिकीकरण गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक तामाङले प्रष्ट पारिन्।

सामाजिक सेवामाका साथै राजनीतिमा पनि सकृय रहेकी तामाङ एक युवा पर्यटन ब्यबसायी पनि हुन्। ब्यबसाय संग संगै उनले समाजसेवामा पनि उत्तिकै समय निकालेर अनाथ अपाङ्ग बाल बालिकाहरु र बृद्ध वृद्धा हरुको सेवामा जुटी रहेकी छिन।

यस्ता प्रतियोगिताले प्रतिस्पर्धीहरूको शैक्षिक विकास, व्यक्तित्व विकास, आत्मविश्वासको अभिवृद्धि, रोजगारीको अवसरका साथै उनीहरूमा नेतृत्वदायी क्षमताको विकास गराउने र समाजमा आदीवासी जनजाती महिलाको नेतृत्वदायी क्षमता बढाउने उदेश्य रहेको आयोजक तामाङको भनाई छ।

अडिसनबारे थप जानकारीको लागि  9851079797 / 9849270879 मा सम्पर्क गर्न सकिने उनले बताइन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार