काठमाडौं । गृह तथा उपप्रधानमन्त्री रवि लामिछानेले सरकारी ठगीमा मुछिएका जीबी राईलाई यसअघिको सरकारले भगाएको आरोप लगाएका छन् । आज चितवन पुगेर उनले सरकारी ठगीमा मुछिएका जीबी राईलाई यसअघिको सरकारले भगाएको आरोप लगाएका हुन् ।
अघिल्लो सरकारले नै भगाएका कारण राईलाई खोज्न समय लाग्ने समेत बताए।
जीबी राई किन पक्राउ पर्न सकेनन् भन्ने पत्रकारहरुको प्रश्नमा उनले प्रतिप्रश्न गर्दै भगाएको चाहिं किन भन्ने प्रश्न सोध्न सकिन्छ नि ? भनेर जवाफ दिए । गृहमन्त्री लामिछानेले राईलाई नियन्त्रणमा लिने भरपुर प्रयास भइरहेको बताए ।
रविलार्ई जिबि राई खै भनेर प्रश्न गर्नेलाई ‘भाग्दाखेरी सरकारमा को थियो ? भनेर उल्टै प्रतिप्रश्न गरेका छन् ।
सहकारीकाण्डमा आफुमाथि लागाइएको आरोपबारे संसदमा एक पटक बोल्न पाउनुपर्ने समेत गृहमनत्री लामिछानेले बताए ।
ग्यालेक्सी टिभीका संचालक समेत रहेका राईलाई बुटवलको सुप्रिम र पोखराको सूर्यदर्शन सहकारीको अरर्बौ रकम हिनामिनामा गरेको आरोपमा उजुरी परेको छ । गृहमन्त्री लामिछानेले राईसंगको साझेदारीमा ग्यालेक्सी टिभी संचालन गर्दा पोखराको सूर्यदर्शन सहकारीबाट लिएको एक करोड रुपैयाँ ऋणको हिसाब एक वर्षअघि मात्र मिलाएको पाइएको थियो।
जसकारण रवि पनि सहकारीकाण्डमा संलग्न रहेको आरोप छ । तर, उनले सरकारीकाण्डमा आफ्नो कुनै संलग्नता नरहेको दावी गरिरहेको छन् । सहकारीकाण्डका बिषयमा रविमाथि छानविन हुनुपर्ने भन्दै प्रतिपक्ष नेपाली काँग्रेसले आफ्नो मुख्य एजेण्डा नै बनाएको छ । हिजोबाट सुरु भएको बर्खे अधिवेशनमा समेत काँग्रेसले संसद संचालनमा अवरोध गर्दै रविबारे संसदीय छानविन समिति बन्नु पर्ने माग राखेको थियो ।