आफ्नै श्रीमतीले बलात्कारको मुद्दा हालेपछि गायक रवि ओड प्रहरी नियन्त्रणमा


कंचनपुर । गायक रवि ओड प्रहरीको नियन्त्रणमा पुगेका छन् । नेपाल आइडल सिजन २ का विजेता समेत रहेका ओड आफ्नै श्रीमतीले बलात्कारको मुद्दा हालेपछि प्रहरी नियन्त्रणमा पुगेका हुन् ।

उनकी श्रीमतीले कंचनपुरमा वैवाहिक बलात्कारसम्बन्धी मुद्दा हालेपछि बिहीबार मात्रै ओडले प्रहरीमा आत्मसर्मपण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए ।

कलाकारिता गर्दै काठमाडौंमा बस्दै आएका कंचनपुरको कृष्णपुर नगरपालिकाका स्थायी घर भएका ओडले इलाका प्रहरी कार्यालय झलारीमा आत्मसर्मपण गरिसकेपछि

उनलाईलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको उपरीक्षक जोशीले बताए।

गायक ओडविरूद्ध श्रीमतीले गत चैत २० गते वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार