काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले संसदको अवरोध हटाउने बिषयमा छलफल गर्न सत्तारुढ दलको बैठक बोलाउने तयारी गरेका छन् । आज बिहान सभामुख देवराज घिमिरे र प्रधानमन्त्री प्रचण्डबीच भएको छलफलपछि प्रधानमन्त्रीले संसदको अवरोध हटाउने बिषयमा सहमती गर्न सत्तारुढ दलहरुको बैठक बोलाएउने तयारी गरेका हुन्।
नेपाली कांग्रेसको संसद् अवरोधले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव समेत संसदबाट पारित नभएपछि सत्तापक्ष संसद खुलाउने करसरतमा छ ।
सभामुखसंगको छलफलमा प्रधानमन्त्री प्रचण्डले आज बेलुकासम्म सत्तारुढ दलका नेताहरूको बैठक बोलाएर भोली बस्ने संसद् बैठक खुलाउने गरी निर्णयमा पुग्ने बताएका छन् । छलफलमा सभामुख घिमिरेले निरन्तर संसद अवरोधले जनस्तरमा नराम्रो सन्देश गइरहेकोमा चिन्ता व्यक्त समेत गरेका थिए ।
प्रधानमन्त्रीको सचिवालयकाअनुसार सत्तापक्षका दलहरुको आन्तरिक छलफलपछि बेलुकासम्म बैठक बसेरसंसदको अवरोधका बिषयमा के भनेर निर्णय हुनेछ ।
हिजो संसदमा सरकारकातर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेसंंगै प्रतिपक्ष काँग्रेसले अवरोध गरेपछि राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव समेत पारित हुन सकेको थिएन् । काँग्रेस सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि अनुसंन्धान गर्न संसदीय छानविन समिति गठन नभएसम्म संसदको अवरोध जारी राख्ने अडान लिएको छ ।