गणतन्त्र दिवसमा गृहमन्त्रीको घोषणाः महिनावारीका बेला ट्राफिक प्रहरीले ड्युटी गर्न नपर्ने

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले महिनावारी भएको समयमा महिला ट्राफिक प्रहरीहरुले ड्युटी गर्न नपर्ने घोषणा गरेका छन् ।
आज गणतन्त्र दिवसको अवसरमा गृहमन्त्री लामिछानेले महिनावारी भएको समयमा महिला ट्राफिक प्रहरीहरुले ड्युटी गर्न नपर्ने घोषणा गरेका हुन् ।
उनले महिनावारी भएको बेला महिला ट्राफिक प्रहरीहरुले गर्नु पर्ने ड्युटीको साटो मापसे गरी ट्राफिक नियम उल्लंघन गर्नेहरुले स्वयंसेवकको रुपमा सडकमा ड्युटी गर्नुपर्ने बताएका छन् ।
गृहमन्त्री लामिछानेले सामाजिकसंजालमा टाटस लेख्दै यस्तो घोषणा गरेका हनु् ।

“गणतन्त्र दिवस अवसरमा शुभकामना सहित एउटा सानो प्रयास !
अब देखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयम् सेवकका रुपमा उहाँहरुको साटो सडकमा सघाउनुहुनेछ”, उनले स्टाटस लेखेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार