काठमाडौं । मिस एण्ड मिसेस ईण्डिजिनियस (२०२४ सिजन ३) को ‘ट्यालेन्ट सो’ भव्यताका साथ सम्पन्न भएको छ ।
एसके ईन्टरटेनमेन्टको प्रस्तुतिमा मिस एण्ड मिसेस ईण्डिजिनियस (२०२४ सिजन ३) को ट्यालेन्ट सो आइतवार काठमाडौंमा भव्यताका साथ सम्पन्न भएको हो ।
ट्यालेन्ट सोमा ३० जना विवाहित र अविवाहित आदीवासी जनजाती महिलाहरुको सहभागीता रहेको थियो । ट्यालेन्ट सोमा सहभागीहरुले नृत्य, गायन र कविता प्रस्तुत गरेको आयोजक शान्ता तामाङले अनमोलपोस्टलाई जानकारी दिइन् ।
उनका अनुसार ट्यालेन्ट सोमा सहभागी भएकाहरुमध्ये विवाहित एक र अविवाहित एक जना महिला छनोट हुनेछन् ।
छनौट हुने विवाहित एक र अविवाहित एक जना महिलाहरुको नाम घोषणा भने मिस एण्ड मिसेस ईण्डिजिनियस (२०२४ सिजन ३ ) को ग्राण्ड फिनालेमा घोषणा गरिने आयोजक तामाङले जानकारी दिइन् । ग्राण्ड फिनालेमा असार १० गते हुने उनले बताइन् ।
ट्यालेन्ट सो कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका पूर्वमन्त्री, काँग्रेस केन्द्रिय सदस्य, काँग्रेसको आदीवासी जनजाती विभाग प्रमुख दिलमान पाख्रिन, विशिष्ठ अतिथिहरुमा संविधान सभा सदस्य एवम् पूर्वमन्त्री परशुराम तामाङ, काँग्रेस महिला संघकी केन्द्रिय अध्यक्ष उषा मिश्र, नेपाल प्रहरीका डीआइजी डा. देउती गुरुङ रहेका थिए भने विशेष अतिथिहरुमा झाँक्री गुरु प्रकाश भुजेल, विनय दोङ र तिल बहादुर कार्की रहेका थिए । त्यसैगरी कार्यक्रमको निर्णायहरुमा बुद्ध लामा, रोशन फ्युबा, रेनुका राई, अनिता नैगी तामाङ, निरु राई, राधा थोकर, ईशा गुरुङ रहेका थिए ।
मिस एण्ड मिसेस ईण्डिजिनियस (२०२४ सिजन ३) को अडिसन वैशाख २२ गते सम्पन्न भएको थियो छ । एसके इन्टरटेनमेन्टले हरेक बर्ष मिस एण्ड मिसेज गुरुङ, मिसेस तामाङ र मिस एण्ड मिसेस इण्डिजिनियस प्रतियोगिता गर्दै आयोजक तामाङले बताइन् ।
मिसेस नेपाल आइकन २०१५ कि फर्स्ट रनर अप एवम् समाजसेवी समेत रहेकी शान्ता तामाङले सन् २०१६ देखि मिस एण्ड मिसेस ईण्डिजिनियस प्रतियोगिता संचालन गर्दै आएकी छन् । महिलाहरु चुलो र चौकोमा मात्रै सिमित नभई मौका पाएमा हरेक क्षेत्रमा काम गर्न सक्ने गरी चौतर्फी क्षमता विकास गर्ने उदेश्यले हरेक बर्ष यो प्रतियोगिता संचालन गर्दै आएको तामाङको भनाई छ ।
विभिन्न जनजाति आदिवासी भेषभुषा एबं संस्कृतिको समिश्रणका साथै संस्कृति तथा रहन सहन सम्बन्धि विवाहित र अविवाहित गृहिणी र व्यावसायिक महिला दिदी बहिनी मार्फत स्वदेश तथा बिदेशमा समेत प्रबर्द्धन एबं सामाजिकीकरण गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक तामाङले बताइन्।
यो पनि पढौं
मिस एण्ड मिसेस ईण्डिजिनियस (२०२४ सिजन) ३ को अडिसन भव्य रुपमा सम्पन्न, ५० जना सहभागि