कांग्रेस सांसद पौडेल र मेयर बालेनबीच के भयो छलफल ?


काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बिच भेटवार्ता भएको छ ।
आज दिउँसो भएको भेटघाटमा सांसद पौडेलले बुधवार संसदमा दर्ता गरेको सङ्कल्प प्रस्ताव तथा समग्र महानगर र काठमाडौँ क्षेत्र नम्बर ५ को विषयमा छलफल भएको छ ।

पौडेलले संसदमा दर्ता गराएको सङ्कल्प प्रस्तावमा चक्रपथ निर्माणका बिषयमा चीन र नेपालबिच भएको सम्झौताअनुसार काम नहुने हो भने नेपाल सरकार स्वयंले चक्रपथको कलङ्की धोवीखोला खण्ड निर्माण गरिहाल्नुपर्ने प्रस्ताव गरिएको छ।

जसबारे महानगरले पनि गम्भिर चासो राख्नु पर्ने मेयर शाहसंग छलफल गरिएको सांसद पौडेलको भनाई छ ।
भेटवार्तामा महानगरको आगामी आर्थिक वर्षका लागि तय हुने नीति, कार्यक्रम तथा बजेटबारे पनि छलफल भएको सांसद पौडेलले बताए।

टुकुचा व्यवस्थापन, सामाखुसी खोला व्यवस्थापन, धनवन्तरी खहरे खोला व्यवस्थापन, काठमाडौँ क्षेत्र नम्बर ५ मा पर्ने ढल तथा सडक व्यवस्थापनको कार्य प्राथमिकतामा राखेर अगाडि बढ्नेबारे मेयर शाहसंग घनिभुत छलफल भएको सांसद पौडेलले बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार