काठमाडौं । बर्दियाका करण परियारले आफ्नो जादुमय गायिकीले रियालिटी शो नेपाल आइडल सिजन ५ को उपाधि जितेका छन् । शनिबार राति सम्पन्न नेपाल आइडलको ग्रान्ड फिनालेमा अन्य फाइनलिस्टहरुलाई उछिन्दै परियारले नेपाल आइडल सिजन ५ को उपाधी जितेका हुन् ।
उपाधि जितेसँगै परियारले ट्रफीसहित २५ लाख रुपैयाँ नगद र अन्य पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगितामा पोखराकी सलोमी गुरुङ फस्ट रनरअप बनिन् भने उनले ट्रफीसहित नगद १० लाख पुरस्कार प्राप्त गरेकीछन् । यस्तै दार्जिलिङका सचिन विश्वकर्मा सेकेन्ड रनरअप बनेर उनले नगद ५ लाख रुपैयाँ प्राप्त गरेका छन्। प्रतियोगितामा दर्शकको भोटको आधारमा परियार विजेता चुनिएको आयोजकले जनाएको छ ।