काठमाडौं । सञ्चारमन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्रीको सरकारी निवास रहेको बालुवाटारको जग्गा किनबेच नभएको बताएका छन् । बालुवाटारको जग्गा नै अरुको नाममा रहेको भन्ने समाचार बाहिर आएपछि सरकारका प्रबक्ता समेत रहेका मन्त्री बास्कोटाले बिहीबारको नियमित पत्रकार सम्मेलनमा यसबारे स्पष्टिकरण दिएको हुन ।
“प्रधानमन्त्रीको सरकारी निवासको जग्गा किनबेच भएको छैन, जोडिएको ललिता निवासको कुरा हो मन्त्री बास्कोटाले भने,
कुरा ललिता निवासको हो ।”
ललिता निवासको जग्गा किनबेचमा रोक लगाइएको समेत मन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।
सरकारी सम्पत्तिको रक्षा गर्नु सरकारको दायित्व भएको भएकाले यसबारे थप छानविन गर्ने र दोषीलाई कारबाही गर्ने उनको भनाई छ ।
अनुचित ढंगले सरकारी जग्गा व्यक्तिको नाममा लगिएको पाइएमा त्यस्तो जग्गा सरकारको नाम ल्याइछाड्ने उनले बताए ।
बालुवाटारको जग्गा नेकपा महासचिव बिष्णु पौडेलको छोराको नाममा रहेको प्रसंगबारे बोल्दै मन्त्री बास्कोटाले भने, “विष्णु पौडेललाई ठगीएको छ, उहाँ ठगिनु भएको हो, अपराधी होइन ।”
ललिता निवासको जग्गा सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले समेत किनेको भन्ने समाचार बाहिर आएसंगै यसबारे सरकार ।
लगायत जनस्तरमा निकै चासो बढेको छ ।