
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके महिनाको १५ दिन पाँच तारे होटलमा खाना खाने नेताहरुले नेपालमा समाजवाद ल्याउन नसक्ने बताएका छन् ।आज काठमाडौंठमाडौंमा नेकपा (एकीकृत समाजवादी) को १०औं राष्ट्रिय महाधिवेशनमा अथितिकारुपमा बोल्दै उनले महिनाको १५ दिन पाँच तारे होटलमा खाना खाने नेताहरुले नेपालमा समाजवाद ल्याउन नसक्ने बताएका हुन् ।
महिनाको १५ दिन पाँचतारे होटलमा खाना खान जाने नेताहरुले म समाजवादी हुँ भन्न पनि नसुहाउने उनले बताए।
डा राउतले नेपालमा ४३ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको तर देशमा नेताहरु धनि हुँदै गएको समेत बताए ।
उनले नागरिकका छोराछोरी सरकारी अस्पतालमा जाने तर सरकारी अस्पतालको गुणस्तर सुधार नगर्ने र आफ्ना सन्तानलाई निजी विद्यालयमा भर्ना गर्ने नेताहरु समाजवादी हुन नसक्ने उनको तर्क थियो ।








