पार्टीभित्र किचलो सुरु भएपछि रास्वपा छोड्न सुरु, प्युठानपछि मकवानपुरमा ६ जनाले त्यागे रास्वपा


काठमाडौं । रबि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा पछिल्लो समय विवाद चर्किएपछि पार्टी छोड्ने क्रम सुरु भएको छ । महामन्त्री डा.मुकल ढकालकोप्रतिवेदनलाई लिएर विवाद चर्चिएपछि नेता, कार्यकताहरुमा निरासा छाँउदै पार्टीनै छोड्ने क्रम सुरु भएको छ । आज मात्रै रास्वपाका मकवानपुर जिल्ला सचिवालय सचिव भुवन खनालसहित ६ जनाले पार्टी त्यागेको घोषणा गरेका छन् ।

रास्वपा त्याग्नेहरुमा सचिवसहित मकवानपुर क्षेत्र नं १ का उपसभापति जगदीश दाहाल, हैटौंडा उपमहानगर समिति सदस्य टंकबहादुर हिम्डुङ, हटौंडा वडा नं १२ का उपसभापति निर्मला प्रजा बास्तोलाका साथै सिंगो वडा कमिटी, १७ का उपसभापति विकास श्रेष्ठ र सचिव श्यामसुन्दर राई रहेका छन् ।

६ जनाले एक संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी सत्तालिप्सा र भागबन्डामा केन्द्रित भएकाले आफूहरूले साधारण सदस्यसमेत नरहने गरी रास्वपाबाट अलग भएको घोषणा गरेका हुन् ।

उनिहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘देशको उपप्रधान तथा गृहमन्त्रीसमेत रहनुभएका पार्टी सभापति रवि लामिछानेज्यूले आफू सञ्चारकर्ममा हुँदा राजनीतिज्ञलाई, आफू राजनीतिमा आएपछि सञ्चार क्षेत्रलाई, प्रतिपक्षमा हुँदा सरकारलाई र सरकारमा हुँदा प्रतिपक्षलाई गाली गर्नेबाहेक केही गर्न सक्नुभएन, ‘उहाँको बोली र काममा ठूलै अन्तर देखिएको प्रष्ट छ । कार्यकर्ता, जनतालाई झुक्याउने र भ्रमको खेती गर्न पार्टी केन्द्रीय नेतृत्व माहिर रहेको कुरामा दुई मत भएन ।’

शासकीय स्वरूप परिवर्तन, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली, प्रदेश खारेजीलगायत थुप्रै महत्त्वपूर्ण विषय चुनावी नारामा मात्र सीमित गर्दै त्यसका लागि पार्टी नेतृत्वबाट कुनै प्रयास नभएको उनीहरूले विज्ञप्तीमा उल्लेख गरेका छन् ।

यसअघि रास्वपाका प्युठान संयोजक सुमन सुवेदीले पार्टी परित्याग गरेका थिए । उनले यहि असार १३ गते आसन र भाषणमा रमाउन नसकेको भन्दै पार्टी परित्यागको घोषणा गरेका थिए ।

यो पनि पढौं

रास्वपाका प्युठान संयोजकद्धारा आसन र भाषणमा रमाउन नसकेको भन्दै पार्टी परित्याग

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार