काठमाडौं। मैत्री धर्मका संस्थापक रामबहादुर बम्जनलाई १० बर्षको कैद र क्षतीपुर्ती तिर्नुपर्ने सजाय सुनाइएको छ ।
जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सोमबार बम्जनलाई बाल यौन दुराचार गरेको कसूरमा १० वर्ष कैद र पीडित बालिकालाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश सुनाएको हो ।
न्यायाधीश भण्डारीको इजलासले असार १० गते बम्जनलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि सोमबारको पेशी तोकेको थियो।
बम्जनलाई सीआईबीले २०८० पुस २४ गते काठमाडौं एक बाट पक्राउ गरेको थियो । पक्राउपछि उनलाई प्रहरीले सर्लाही अदालतमा उपस्थित गराइएको थियो । अदालतले पुस २७ गते बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
बम्जनमाथि रौतहटकी गंगामायाले सर्लाहीस्थित आश्रममा आफुमाथि बलात्कारभएको भन्दै २०७३ साल साउन २० गते जाहेरी दिएकी थिइन्। उक्त जाहेरी पश्चात प्रहरीले बम्जनको आश्रममा छापा हान्नेदेखि उनको खोजि कार्य गरेको थियो ।
बम्जनमाथि सर्लाहीकी रिता बोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला बेपत्ता पारेको पनि अभियोग छ । उनीहरु सबैलाई सिन्धलीस्थित आश्रमबाट बेपत्ता बनाइएको आरोप छ।
बम्जनमाथि लागेका यि आरोपबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
भिडियो पनि हेरौं