रोल्पा । रोल्पामा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जनाको घटनास्थलमै र २ जनाको अस्पतालमा गरी ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
मृत्यु हुनेमा माडी गाउँपालिका–३ तालावाङका वर्ष ३३ की जुनमाया खड्का, सोही ठाउँ बस्ने वर्ष ७७ का खडकबहादुर डाँगी, दाबाङ निवासी वर्ष ३० की अमृता घर्ती, अमृताकी १८ महिनाको छोरी, परिवर्तन गाउँपालिका– २ राङ्सी निवासी वर्ष ३३ की रामकली पुनको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
यस्तै रेऊघा अस्पतालमा उपचारका लागि पुर्याइएका माडी गाउँपालिका–३ दाबाङ निवासी ७० वर्षीय झुपलाल डाँगी र सोही ठाउँ निवासी परिचय खुल्न नसकेकी एक महिलाको मृत्यु भएको छ ।
प्रहरीकाअनुसार घाइते हुनेमा माडी गाउँपालिका २ घर्तीगाउँ निवासी वर्ष ६ का हिटलर खड्का, तालाबाङ् निवासी वर्ष ६० की कर्मा बुढामगर, वर्ष ४२ की बरमाली घर्ती, वर्ष ३७ का खगेन्द्र बाठा, वर्ष १३ की प्रतिभा बुढामगर, परिवर्तन गाउँपालिका–२ नाफे वर्ष ४५ का दीपक थापा ९चालक०, गंगादेव गाउँपालिका–७ का ५० वर्षीय नैनसिंह पुन र माडी गाउँपालिका–३ दाबाङका वर्ष ४० की दिलकुमारी बुढा मगर रहेको प्रमुख जिल्ला अधिकारी खिमबहादुर रायमाझीले बताए।
उनकाअनुसार कुल १५ जना यात्रुहरुमध्ये सात जनाको मृत्यु भएको र चालकसहित ८ जना घाइते भएको प्रजिअ रायमाझीले बताए ।
माडी गाउँपालिका २ घर्तीगाउँबाट तालावाङ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप सोमबार बेलुकी माडी गाउँपालिकाको परेवा छहरास्थित सडकबाट करिब ४०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले बताएको छ ।
दुर्घटनामा घाइते भएकाहरुलाई थप उपचारका जिल्ला अस्पतालबाट अन्यत्र रिफर गर्ने तयारी भइरहेको प्रजिअ रायमाझीले बताए ।