भीम रावल भन्छन्ः रास्वपाले मुकुल ढकाललाई कारबाही गरेर निरङ्कुशता देखायो


काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले डा.मुकुल ढकाललाई कारवाही गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निरङ्कुशता देखाएको आरोप लगाएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता यस्तो बताएका हुन् ।

उनले प्रश्न गरेकै कारण रास्वपाले ढकाललाई पार्टीबाट निष्कासित गर्नु निरकुंशतावादी चरित्र भएको पनि बताए । आफुलाई भयङ्कर लोकतन्त्रवादी पार्टी भन्ने तर प्रश्न सोधेकै कारण कारवाही गर्ने शैली अराजनीतिक भएको उनको भनाई छ । नेता रावलले गृहमन्त्री रवि लामिछानेलाई टेलिभिजनमा बोल्दा नेपाल नै उथलपुथल बनाइदिने गरी कुरा गरेपनि सरकारमा आउँदा त्यस्तो केहि गर्न नसकेको टिप्पणी गरे ।
नेता रावलले आजभोलि राजनीतिक दलहरूमा प्रश्न सोध्न पनि नपाइने गरेको बताए ।
नेता रावलले लामिछानेमाथि थप टिप्पणी गर्दै नागरिकता, राहदानी दुई दुई वटा बोकेर हिँड्नेले देश विकास गर्न नसक्ने पनि ठोकुवा गरे।
नेपाललाई एकाधिकार पुँजीवादको खेल मैदान बनाउने काममा नेपालका ठुला राजनीतिक दलका ठुला नेता लागेको उनको भनाई थियो ।

नेता रावलले एमसीसीमा अनुदान लिएपछि गत ६ महिना यता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठुला ठुला सैनिक जहाज आएको दाबी समेत गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार