बर्खास्तपछि मुकुलले भनेः रविको क्लबबाट निष्कासित भएँ,घण्टी बज्न रोकिँदैन्

काठमाडौं । रास्वपाको जिम्मेवारीबाट बर्खास्त भएका डा.मुकल ढकालले रवि लामिछाने क्लबबाट निष्कासित भएको प्रतिकृया दिएका छन् ।

आज बसेको रास्वपाको केन्द्रिय समिति बैठकले ढकाललाई पार्टीको सम्पुर्ण जिम्मेवारीबाट हटाउने निर्णय गरेपछि उनले यसतो प्रतिकृया दिएका हुन् ।
सामाजिकसंजालमार्फत नेता ढकालले आफुलाई पार्टीबाट नभई सभापति लामिछानेको क्लबबाट निस्कासित गरिएको बताए छन् ।

‘रवि लामिछाने क्लवबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टी भित्र घण्टी बज्न रोकिँदैन , रविको पार्टीबाट राष्ट्रीय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन’, उनले फेसबुक स्टाटसमा लेखेका छन्।

ढकालले पार्टीका बिषयमा भोली केहि बिशेष खुलाउने समेत बताएका छन् ।

आज बसेको केन्द्रीय समितिको बैठकले नेता ढकाललाई केन्द्रीय सदस्य, महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाउदै निर्मम कारवाही गरेकोछ ।

रास्वपाको अनुशासन आयोगले पार्टी सदस्यता समेत नरहने गरी कारवाही गर्नुपर्ने सिफारीस गरे पनि केन्द्रिय बैठकमा अधिकांस सदस्यहरुले ढकालको सदस्यता कायम राखिनु पर्ने बताएपछि अन्य कारवाही गरिएको छ ।

यो पनि पढौं

निर्मम समिक्षा गरेका मुकुलमाथि निर्मम कारवाहीः केन्द्रीय समितिबाट निष्कासित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार