सरकार ढलेसंगै प्रचण्ड राष्ट्रपति भेट्न शीतल निवासमा


काठमाडौँ । सरकार ढलेसंगै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड राष्ट्रपति भेट्न शीतल निवास पुगेका छन् । संसद भवन नयाँ बानेश्वरबाट अध्यक्ष प्रचण्ड हुँइकिएर सिधै शीतल निवास पुगेका हुन् ।

आज संसदमा उनले मागेको विश्वासको मत अस्विकृत भएपछि उनि प्रधानमन्त्री पदबाट हटेका छन । संसदमा उनले मागेको विश्वासको मतमा ६३ मत उनको पक्षमा आयो भने विपक्षमा १९४ मत झर्यो । संसदमा २५८ सांसद उपस्थित थिए । प्रचण्डलाई माओवादी केन्द्रका ३२, रास्वपाका २१ र नेकपा एकीकृत समाजवादीका १० जनाले विश्वासको मत दिएका थिए ।

सत्ता गठबन्धनको प्रमुख घटक नेकपा एमालेले प्रचण्ड सरकारलाई दिएको सर्मथन फिर्ता लिएर असार १७ गते राती काँग्रेससंग नयां गठबन्धन बनाएपछि सरकार अल्पमतमा परेको थियो ।

अब नयां सरकार गठनका लागि राष्ट्रपतिले दलहरुलाई आव्हान गर्नेछन् । तर राष्ट्रपति रामचन्द्र पा्रैडेलले नयां सरकार गठनका लागि संविधानको धारा ७६ को उपधारा २ र ३ मध्ये कुन टेकेर सरकार गठनका आव्हान गर्छन भन्ने विषयमा दलहरुबीच विवाद उत्पन भएको छ ।

काँग्रेस र एमालेले उपधारा २ अनुसार हुनुपर्ने बताइरहेका छन् भने प्रचण्डले उपधारा ३ वमोजिक संसदको सबै भन्दा ठुलो दलका हैसियतले काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त हुनुपर्ने दावी गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार