राष्ट्रपतिद्वारा ७६(२) अनुसार नयाँ सरकार गठन गर्न आह्वान, ओली प्रधानमन्त्री बन्ने पक्का


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठन गर्न दलहरूलाई आह्वान गरेका छन् । उनले आज राति संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।

राष्ट्रिपति पौडेलले नयां सरकार गठनका लागि पर्सी आइतबार बेलुका ५ बजेसम्मको समयअवधी दिएका छन् ।
प्रचण्ड नेतृत्वको सरकारले संसदमा विश्वासको मत नपाएपछि नयां सरकार गठनका लागि राष्ट्रपति पौडेलले दलहरुलाई आह्वान गरेका हुन् ।
उनले त्यसअघि कानुनविद्हरूसंग राय लिएका थिए ।

राष्ट्रपतिको आह्वानसंगै काँग्रेस र एमालेले केपी ओलीको नाम प्रधानमन्त्रीमा दावी पेश गरेका छन् । एमाले अध्यक्ष ओली र काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री प्रस्तावको पत्रमा हस्ताक्षर गर्दै राष्ट्रपति पौडेललाई बुझाएका छन् । प्रधानमन्त्री बन्नका लागि एमाले र काँग्रेससंग बहुमत सांसद रहेकाले ओली नयां प्रधानमन्त्री बन्ने पक्का भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार