काठमाडौँ। पूर्वगृहमन्त्री रवि लामिछानेले गृहमन्त्री रमेश लेखकलाई सुझाव दिएका छन्। आज दिउँसो बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै रासव्पाका सभापति समेत रहेका लामिछानेले उनले गृहमन्त्री रमेश लेखकलाई मिडिया ट्रायलबाट गृहमन्त्रालयलाई बचाउनुहोला भन्दै सुझाव दिएका हुन् । मिडिया ट्रायल गृह मन्त्रालयका लागि निकै घातक हुने समेत उनले बताए ।
‘एउटा कुरा म क्लियर भन्छु, यो मिडिया ट्रायल गृह मन्त्रालयका लागि घातक छ, गृहमन्त्रीज्यू बच्नुहोला । तपाईंलाई पनि माया गर्ने मान्छेहरू छन्, मैले त धेरै काम गर्न सकिनँ, तपाईं गर्नहोला । तर मिडिया ट्रायलबाट बच्नुहोला’, लामिछानेले भने ।
उनले नेपाल प्रहरी सक्षम, क्षमतावान् र साहसी भएकाले उसलाई स्वतन्त्ररुपमा काम गर्नदिनु पर्ने समेत बताए ।
उनले देशका सबै कारागारमा बजेटको कमी भएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण पनि गराए ।