काठमाडौँ । नुवाकोटको शिवपुरीमा भएको हेलिकप्टर दुर्घटना मृत्यु हुनेमा चार चिनियां नागरिक रहेका छन् ।
बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी विष्णुकुमार केसीकाअनुसार नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौर क्षेत्रमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु हुनेमा चिनियाँ नागरिक जुतड ताङ, जेइली, सीयाद वी, जीक्वीङ सी रहेका छन् । उनकाअनुसार दुर्घटनामा क्याप्टेन अरुण मल्लको पनि ज्यान गएको छ।
प्रत्यक्षदर्शीका अनुसार हेलिकप्टर रुखमा ठोक्किएर आगो लाग्दै तल खोल्सामा झरेको थियो । खोल्साबाट पाँचै जनाको शव निकालिएको प्रहरीले जनाएको छ ।