काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले सत्य निरुपण तथा मेलमिलाप (टिआरसी) सम्बन्धी विधेयकमा दलहरुबीच सहमती हुनु नयां सरकारको राम्रो काम भएको बताएका छन् । आज सिंहदरबारमा टिआरसीसम्बन्धी विधेयक टुंग्याउन गठित कार्यदलले तयार पारेको प्रतिवेदन बुझ्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले विधेयकमा दलहरुबीच सहमती हुनु नयां सरकारको राम्रो काम भएको बताएका हुन् ।
उनले यहि चालु अधिवेशनबाटै टिारसी विधेयक टुंग्याउन आग्रह सरकारलाई गरेका पनि गरेका छन् । उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक टुंग्याउने काम सकारात्मक रहेको समेत बताए ।
अध्यक्ष प्रचण्डले लामो समयको छलफलपछि विधेयकलाई पीडितमैत्री बनाउँदै निस्कर्षमा पु¥याइनु अर्को राम्रो पक्ष भएको बताउँदै खुशी ब्यक्त गरेका छन् । जसका लागि उनले विधेयक निर्माणका लागि बनेको कार्यदललाई पनि धन्यवाद दिएका छन् ।