प्रधानमन्त्रीको चासोः समयमै रासायनिक मल ल्याउनुस, खाद्य पदार्थ समयमै किन्नुस

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई समयमा रासायनिक मल र खाद्य पदार्थ किन्नेबारे चासो राखेका छन्।
आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीले कृषि क्षेत्रका विद्यमान अवस्था, चुनौती र सुधारका विषयबारे कृषि तथा पशुपक्षीमन्त्री रामनाथ अधिकारी र उच्चअधिकारीसहितको छलफलमा यस्तो चासो रोखका हुन् ।

उनले आगामी मङ्सिरमा चाहिने मलको आँकलन गरेर अहिलेदेखी नै खरिद प्रक्रिया थाल्न निर्देशन दिएका छन् । त्यस्तै प्रधानमन्त्री ओलीले किसानलाई नाफा हुने खालका खेतीमात्रै गर्ने वातावरण सृजनाका लागि उपयुक्त जग्गामा सामूहिक खेती प्रणालीमा जान सुझाव समेत दिएका दिएका छन् ।

उनले स्वदेशमा उत्पादन नहुने खाद्य पदार्थ समयमै किनेर ल्याउन आग्रह पनि गरेका छन् ।

किसानले किन्ने रासायनिक मलमा ६७ प्रतिशतसम्म अनुदान दिँदै मन्त्रालयका अधिकारीहरुले खरिद प्रक्रियालाई सरलीकरण बनाउन प्रधानमन्त्री ओलीसँग आग्रह गरेका थिए।

प्रधानमन्त्री आलीले माछापालन, दुध उत्पादन, सुन्तला, काजु, ल्याङ र मसलालगायत उपयुक्त खेतीका लागि कहाँ–कहाँ के–के गर्न सकिन्छ भन्ने स्पष्ट योजना ल्याउन समेत निर्देशन दिएका छन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार