‘पार्टी फुटको हल्ला मच्चाएर मिडिया ट्रायल कसैले नगरौं’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी फुटको हल्ला चलाएर मिडिया ट्रायल हामी कसैले नगर्न सचेत गराएका छन्।
आज बागमती प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुको परामर्श समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी फुटको हल्लाबारे कसैले पनि मिडिया ट्रायल नगर्न नेताहरुलाई सचेत गराएका हुन् ।

अध्यक्ष प्रचण्डले पार्टी फुटको हल्ला स्थायी समिति बैठकले खारेज गरिसकेको समेत बताए।

सम्पन्न स्थायी किमिटि बैठकमा उपमहासचिव जनार्दन शर्माले नेतृत्व हस्तान्तरण र संगठबारे राखेको प्रस्तावमा भएको छलफललाई लिएर पार्टी फुटको हल्ला चलेको थियो । शर्माले साउन अन्तिम साता बसेको स्थायी समिति बैठकमा पार्टी हेडक्वाटरबाटै त्यस्तो हल्ला चलाइएको भन्दै प्रतिवाद समेत गरेका थिए ।

बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले आफूहरुबीच फरक मत नभई एकमत भएर पार्टीलाई थप बलियो बनाउनमा सबै पार्टीपंक्ती लाग्नु पर्नेमा जोड पनि दिए। उनले जनार्दनसहितका नेताहरुले स्थायी समिति बैठकमा उठाएका प्रश्नहरुको जवाफसहितको दस्तावेज आगामी केन्द्रीय समिति बैठकमा पेश गर्ने जानकारी समेत दिएका छन्।

पार्टी केन्द्रीय समितिको पूर्ण बैठक बस्नु अगाडि पूर्वतयारी स्वरूप हरेक प्रदेशमा परामर्श समितिको बैठक बस्ने निर्णय साउन २५ देखि ३१ गतेसम्म चलेको स्थायी समिति बैठकले गरेको थियोे । सोही निर्णय अनुसार आजदेखि बागमती प्रदेशको बैठक बसेको हो । बैठक आज र भोलि दुई दिनसम्म चल्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार