काठमाडौं । डा. मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अपराधी प्रमाणित गर्दिने दावी गरेका छन् ।
रास्वपाको पदीय भूमिकाबाट हटाइएका ढकालले आफुलाई दोस्रो पटक सोधिएको २४ घण्टे स्पष्टीकरणको जवाफमा यस्तो दावी गरेका हुन् ।
‘तपाईँ रवि लामिछानेले सहकारीमा ठगी गर्नु भएको छ, तपाईँले मन्त्री हुँदा भ्रष्टाचार गर्नु भएको छ र तपाईँ राहदानी दुरुपयोग गरेको एक अपराधी हो भनेर म प्रमाणित गर्न सक्छु,’ ढकालले पठाएको स्पष्टीकरण पत्रमा उल्लेख छ ।
उनले सभापति लामिछाने गरेको ‘कुकर्म’को पर्दाफास गर्नु पार्टीको संस्थापक महामन्त्रीको हैसियतले कर्तव्य ठानेको समेत स्पष्टीकरणमा उल्लेख गरेका छन् ।
पार्टीभित्रको गलत कुरालाई आफुले लोकतान्त्रिका विधिले आवाज उठाउँदा कारबाही गर्ने कार्यले भविष्यमा त्यस्ता गलत विरुद्ध बोल्ने हिम्मत कसैले पनि गर्न नसक्ने उनको भनाई छ ।
‘पार्टी र जनताको हितका लागि लडिरहँदा पार्टीबाट साधारण सदस्य समेत नरहने गरी कारबाहीको प्रयास गर्नु भनेको लोकतन्त्रमाथि नै हमला गर्नु सरह हुनेछ । पार्टी विपरीत म होइन तपाईँ लाग्नु भएको छ’, ढकालले स्पष्टीकरण पत्रमा उल्लेख गरेका ।
ढकालको स्पष्टीकरण पत्र