कांग्रेसले माग्यो उपसभामुख इन्दिरा रानामगरको राजीनामा

काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरको राजीनामा मागेको छ । आज बिहान बसेको कांग्रेसका शीर्ष नेताहरुको बैठकले उपसभामुख इन्दिरा रानामगरले मुलुकको शीर झुकाउने कार्य गरेको निष्कर्ष निकाल्दै राजीनामा मागेको हो । बैठकपछि कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले प्रक्रियामा जानुभन्दा अघि नै उपसभामुखले बहिर्गमनको बाटो रोज्नु राम्रो हुने बताए ।

उपसभामुख रानामगरले राष्ट्रसंघको ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं सत्रमा सहभागी हुन पाँच जनाको अन्तर्वार्ता अगाडि सारिदिन नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् । चार पुरुष र एक महिलाका लागि उपसभामुखले पत्र लेखे पनि अमेरिका जान भने पाएका थिएनन् । २०२३ को फेब्रुअरीमा लेखेको त्यही उक्त पत्रलाई लिएर अहिले सत्तारुढ काँग्रेस र एमालेले रानाको राजीनामा मागिरहेका छन् ।

उनलाई पदबाट हटाउने गरी सत्ता गठबन्धनले तयारी गरेको छ । उपसभामुख रानालाई हटाउने बिषयमा थप छलफल सत्ता गठबन्धनको बैठक बस्ते तयारी छ ।

उपसभामुखलाई हटाउने काँग्रेस र एमालेको निर्णयप्रति प्रतिपक्षी दल रास्वपा, माओवादी केन्द्र लगायतले शसक्त प्रतिरोध गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार