काठमाडौं । मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ पूर्जी जारी गरिएको छ । साइबर अपराध अन्र्तगत प्रसाईसहित दुई जना युटुबरलाई पक्राउ पूर्जी जारी गरिएको हो । जिल्ला अदालत, काठमाडौंले प्रसाईंसहित युटुबर बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहालविरुद्ध पक्राउ पूर्जी जारी गरिएको श्रेष्तेदार रामु शर्माले बताए । उनकाअनुसार आरोपीहरुमाथि अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइएको छ ।
साइबर ब्यूरोमा प्रसाईसहित पाण्डे र दाहालविरुद्ध उजुरी परेको थियो। उजुरीका आधारमा ब्यूरोले अनुसंन्धान गर्न अदालतबाट पक्राउ पूर्जी मागेको थियो। उनिहरुविरुद्ध कसले कुन कसूरमा उजुरी दिएको थियो भन्नेबारे प्रहरीले खुलाएको छैन् ।
पक्राउ पूर्जी जारी भएसंगै प्रसाईले आजै भक्तपुरस्थित निवासमा पत्रकार सम्मेलन गरेका थिए । प्रसाईले एमाले परित्याग गरेसंगै राजतन्त्र र हिन्दूधर्मको वकालत गर्दै अभियान चलाइरहेका छन्। उनले मिटर ब्याज, लघुवित्त, बैंक पीडितहरुको पनि आवाज उठाउँदै आएका छन्।
प्रसाईले विभिन्न उद्योगी, व्यापारीहरुको पनि भण्डाफोर गर्दै आएका छन् । एमाले परित्याग गरेसंगै त्यसको कडा आलोचना पनि गर्दै आएकाले एमाले नेतृत्वको सरकारले प्रसाईसंग प्रतिशोध सांध्न खोजेको उनि सर्मथकको आरोप छ । यद्यपी प्रसाईविरुद्ध चरित्र हत्या गरिएको आरोपमा साइबरमा उजुरी परेकाले पक्राउ पूर्जी जारी भएको बताइएको छ ।