काठमाडौं। संविधान दिवसलाई मध्यनजर गर्दै उपत्यकामा सुरक्षा निकायलाई ‘हाइ अलर्ट’ गरिएको छ । संविधान विरोध गतिविधि हुनसक्ने भन्दै सरकारले शान्ति सुरक्षाका लागि सुरक्षा निकायलाई ‘हाइ अलर्ट’ मा राखेको हो।
काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरलाई लक्षित गर्दै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग गरी चार वटै सुरक्षा निकायले उच्च सतर्कता अपनाउन निर्देशन गरिएको छ ।
संविधानप्रति असन्तुष्टी राख्ने समुहहरुले पछिल्लो समय विभिन्न विरोधका कार्यक्रम गर्दै आएकाले कुनै अपृय घटना नहोस भन्नका लागि सरकारले उच्च सुरक्षा सर्तकता अपनाएको छ । त्यस्ता उछृङ्खल कृयाकलाप नहोस भन्नका लागि सुरक्षा निकायले सूचना समेत संकलन गरेको जनाएको छ ।
संविधान दिवसलाई लक्षित गर्दै करिब एक दर्जन समूहले विरोधका कार्यक्रम गर्ने सूचना प्ररहीले प्रप्त गरेकाले सोहि अनुसार सुरक्षा प्रबन्ध मिलाइएको प्रहरीले जनाएको छ ।
यता संविधान दिवस भव्य रुपमा मनाउनका लागि सरकारले दरबारमार्गमा विशेष कार्यक्रमको आयोजना गर्न लागेको छ ।