गगनको कटाक्षः रास्वपामा सभापतिको पापको भारी कसले बढी बोक्ने भन्ने प्रतिस्पर्धा छ


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगीमा आफुले उठाएको बिषय पुष्ट भएको दावी गरेका छन् ।

आज पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै सांसद समेत रहेका थापाले सहकारी ठगीमा रास्वपा सभापति रवि लामिछानेबारे आफुले उठाएको बिषय पुष्ट भएको दावी गरेका हुन् । छानविन समितिले लामिछाने लगायतलाई दोषी देखाउँदै कार्वाही लागि सिफारीस गरेपछि सिंगो काँग्रेसले गरेको आशंका पुष्टि भएको उनले बताए।

गोर्खा मिडिया प्रालिमा गैरकानुनी रुपमा सहकारीको रकम लगेर मिडियाका संचालक अध्यक्ष जिबि राई, कुमार रम्तेल, छविलाल जोशी, संचालक तथा कार्यकारी निर्देशक लामिछाने लगायतले अपचलन गरेकाले छानविनको हुनु पर्ने माग गर्दै आएको थापाले स्मरण पनि गरे ।

समितिले दोषी देखाएपछि रास्वपामा अहिले सभापति लामिछानेको पापको भारी कसले बढि बोक्ने भन्ने प्रतिस्पर्धा भइरहेको समेत उनले बताए ।
महामन्त्री थापाले समितिको प्रतिवेदनलाई लिएर रास्वपाका नेता कार्यकर्ताले गरिरहेको गलत प्रचारले आफु आश्चर्यमा परेको बताए।

‘त्यहाँ त अध्यक्षको पापको भारी, अपराधको भारी कसले बढी बोक्ने भन्ने प्रतिस्पर्धा छ, यसले पनि ताली बजाएको छ, उसले पनि ताली बजाएको छ, नाम पार्टीको स्वतन्त्र छ, मान्छे कोही पनि स्वतन्त्र छैन’, कसले ताली बढी बजाउने भन्ने प्रतिस्पर्धा छ, थापाले भने ।

महामन्त्री थापाले कांग्रेस उपसभापति धनराज गुरुङमाथि पनि सहकारी ठगीको आरोप लागेको र गुरुङले आफूमाथि छानबिन होस् भनिरहेको भन्दै थापाले यो विषयमा पनि सरकारले छानबिन गर्नुपर्ने स्पष्ट पारे ।

उनले सहकारी सम्बन्धमा समितिको प्रतिवेदन सरकारले कार्यान्वयन लैजानु पर्नेमा जोड पनि दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार