काठमाडौं । सरकारले सहकारीसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयनमालैजाने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आज बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले छानविन प्रतिवेदनलाई सम्बन्धित मन्त्रालयहरुमा पठाएर काम अघि बढाउने निर्णय गरेका हुन् ।
सहकारी सम्बन्धि छानबिन समितिका सभापति सुर्य थापाले सोमबार संसदमा प्रतिवेदन पेश गरेकाथिए । जसलाई सभामुखले आवश्यक कारबाहीका लागि सरकारसमक्ष पठाउन निर्देश गरेका थिए ।
समितिले गोर्खा मिडिया प्रालिमा गैरकानुनी ढंगले देशका विभिन्न सहकारीबाट करोडौं रकम लगेर संचालक जीबी राई, कुमार रम्तेल, छविलाल जोशी, रवी लामिछाने लगायतले अपचलन गरेकाले कारबाही गर्न सिफारिस गरेको थियो ।