इजरायलको आक्रमणबाट हिजबुल्लाहका मिडिया प्रमुख मारिए

काठमाडौं । इजरायलको आक्रमणबाट हिजबुल्लाहका मिडिया प्रमुख मारिएका छन् । लेबनानको राजधानी बेरुतमा इजरायलले गरेको आक्रमणबाट हिजबुल्लाहका मिडिया प्रमुख मोहम्मद अफिमसहितका तीन जना मारिएको स्थानीय टिभी च्यानल अल जदिदले जनाएको छ ।

बेरुतस्थित सिरियाको बाथ पार्टीको कार्यालयमा निशाना बनाएर इजरायलले हवाई हमला गरेको थियो।
इजरायली लडाकु विमानले रस अल नबा क्षेत्रर सोडेको स्क्वायर कमर्सियल सेन्टरको बीचमा पर्ने कार्यालयमा आक्रमण गरेको थियो । आक्रमण अघि इजरायलले पार्टी कार्यालय खालि गर्न भनेको थियो ।

इजरायली सेनाले सन् २०२४ को सेप्टेम्बर २३ देखि हिजबुल्लाहविरुद्ध लक्षित गर्दै लेबनानमा हवाई आक्रमण तीव्र पारेको छ । अक्टुबरको सुरुदेखि इजरायलले आफ्नो उत्तरी सिमानातर्फको लेबनानको भूमिमा जमिनबाटै प्रहार गर्दै आएको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको आक्रमणबाट लेबनानमा मृत्यु हुनेको संख्या ३ हजार ४५० भन्दा बढी पुगेको छ ।
पालेस्टाइनको पक्ष लिंदै हिजबुल्लाहले इजरायलमा आक्रमण गरेपछि इजरायलको त्यसको जवाफी कारवाही गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार