बीआरआईमा काँग्रेस र एमाले किचलो, गृहमन्त्री भन्छन्ः ऋणका रुपमा स्वीकार नगर्ने हाम्रो निर्णय छ


कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बीआरआईबारे के गर्ने भन्ने बिषयमा सत्ताधारी दलबीच चर्को बहस भइरहेको छ । चीन सरकारको परियोजना बीआरआई कार्यान्यवन गर्ने सवालमा काँग्रेस र एमालेबीच फरक मत रहेको हुँदा साझा सहमतीका लागि छलफल भइरहेका छन् ।

यसैबीच, गृहमन्त्री रमेश लेखकले बीआरआई अनुदान लिने तर ऋणका रुपमा नलिने कांग्रेसको औपचारिक निर्णय रहेको प्रष्ट पारेका छन् ।
आज कैलालीको धनगढीमा आयोजित पत्रकार भेटघाटमा गृहमन्त्री लेखकले बीआरआई अन्र्तगतका परियोजनाहरु अनुदानमा लिने तर ऋणका रुपमा नलिने कांग्रेसको औपचारिक निर्णय रहेको प्रष्ट पारेका हुन् । तर, प्रधानमन्त्री ओली बीआरआई कार्यान्वयनमा लैजानु पर्ने तयारी छन् ।

गृहमन्त्री लेखकले बीआरआई अन्तर्गतका परियोजना कार्यान्वयनका सम्बन्धमा कांग्रेस र एमालेका फरक फरक मान्यताहरु रहेको स्विकार्दै दुवै दलबीचहरु आपसी समझदारी गरेर अघि बढ्ने बताए ।

पत्रकार भेटघाट कार्यक्रममा मन्त्री हेरफेरबारे राखेको जिज्ञासामा गृहमन्त्री लेखकले मन्त्री हेरफेर हुने बिषय हल्ला मात्रै भएको बताए । उनले प्रधानमन्त्रीय सिस्टममा जुनसुकै बेला मन्त्री हेरफेर गर्न सक्ने अधिकार प्रधानमन्त्रीलाई भएकोसमेत बताए।

मन्त्री लेखकले कंचनपुरकी निर्मला पन्त बलात्कार तथा हत्याको अनुसन्धान जारी रहेको समेत बताए । कंचनपुर गृह जिल्ला रहेका गृहमन्त्री लेखकले निर्मलाको घटनालाई गम्भिरताका साथ लिएर अनुसंन्धान भइरहेको बताए ।

उनले सत्ता गठबन्धनमा बाहिर हल्ला चले जस्तो कुनै समस्या नभएकोर आगामी निर्वाचनसम्मै गठबन्धन जाने विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार