शान्तिपुर्ण रुपमा मतदान सम्पन्न,कीर्तिपुरको मतगणना आजै रातिबाट

काठमाडौं । स्थानीय तहको उपनिर्वाचनको मतदान कार्यक्रम सम्पन्न भएको छ। विभिन्न ४१ पदका लागि आज बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । मतदानका लागि साँझ ५ बजेसम्म निर्धारण गरिएको समयमा सम्पुर्ण मतदान केन्द्रहरुमा शान्तिपुर्ण ढंगले मतदान सम्पन्न समेत आयोगले जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार जाजरकोट र काठमाडौँ महानगरपालिका वडानम्बर १६ मा सोचेभन्दा कम मतदान भएको छ ।

आयोगले जनाएअनुसार नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षका लागि ४१ पदमा मतदान भएको हो । यो उपनिर्वाचनमा ३७६ जना उम्मेदवारहरुले प्रतिस्पर्धा गरेका छन् ।

निर्वाचनमा मतदानका लागि १६२ मतदानस्थल र २९३ मतदान केन्द्र ताकिएको आयोगले जनाएकोछ। आयोगका अनुसार अधिकांश वडाको मतगणना आजै बेलुकाबाट सुरु हुनेछ । यसैबीच, कीर्तिपुर नगरपालिकाको प्रमुख पदको मतगणना आजरातिबार्ट सुरु हुने आयागले जनाएको छ । नगरपालिकाका ३८ मतदान केन्द्रबाट मतपेटिका सकलन गरेर नगरपालिकाको हलमा मतगणना सुरु गरिने कीर्तिपुरका सहायक निर्वाचन अधिकृत पुर्षोत्तम पौड्यालले जानकारी दिए ।

किर्तिपरमा ३१ हजार ११२ मतदाता रहेका छन् । कीर्तिपुरमा नगर प्रमुखसंगै वडा नम्बर १ र ४ का वडाध्यक्षका लागि पनि मतदान भएको छ ।
उपनिर्वाचनमा नगर प्रमुखका लागि मात्रै विभिन्न दल र स्वतन्त्र गरि २० जनाको उम्मेदवारी परेको छ ।

किर्तिपुरकोनगर प्रमुख पदका लागि भएको निर्वाचनलाई बिशेष रुपमा हेरिएको छ । अघिल्लो निर्वाचनमा काँग्रेसबाट निर्वाचित नगर प्रमुखको चार महिनाअघि निधन भएपछि उपनिर्वाचन भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार