रास्वपाबाट निर्वाचित वडाध्यक्षलाई बालेनले गराए शपथ


काठमाडौँ । रास्वपाबाट स्थानिय तहको उपनिर्वाचनमा निर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठलाई मेयर बालेन्द्र शाहले (बालेन) ले शपथ गराएका छन् ।सम्पन्न निर्वाचनमा श्रेष्ठले काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा वडाध्यक्ष जितेकी थिइन् ।

जितपछि कार्यभार सम्हाल्न मेयर बालेनले आज एक कार्यक्रमका बिच शपथ गराएका हुन् । शपथ ग्रहण कार्यक्रममा उपमेयर सुनिता डंगोललगायत रास्वपाका केहि कार्यकताहरुको सहभागिता थियो । शपथ गराउँदै बालेनले कार्यकालको शुभकामना समेत दिएका छन् ।

काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधनपछि उक्त रिक्त दिका लागि आइतबार उपनिर्वाचन भएको थियो । उपनिर्वाचनमा श्रेष्ठले कांग्रेस र एमालेका उम्मेदवारलाई हराउँदै विजयी भएकी थिइन् । सम्पन्न उपनिर्वाचनमा अन्य ठाउँमा उम्मेदवारी दिएको भएपनि रास्वपाले यहि वडा मात्रै जितेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार