काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदै छ । संसद सचिवालयका अनुसार अधिवेशनको पहिलो बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ । विधेयक अधिवेशन पनि भनिने हिउँदे अधिवेशनको पहिलो बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीसहितका दलका नेताहरुले सम्बोधन गर्ने कार्यसूची रहेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
आज पहिलो बैठकमा सरकारले ६ वटा अध्यादेश समेत पेश गर्दैछ। जसमा ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश गर्नेछन् । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० अध्यादेश, २०८१’, ‘निजीकरण ९पहिलो संशोधन० अध्यादेश, २०८१’ र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ गरि ६ वटा अध्यादेश पेश हुनेछन् ।
यता विपक्षी दलहरुले भने सरकारले ल्याएका अध्यादेशको शसक्त विरोध गर्ने तयारी गरेका छन् ।