काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्ववियु निर्वाचनले बौद्धिक युवाहरु माओवादीको साथमा रहेको पुष्टि भएको बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आज बिहान सामाजिक सन्जाल फेसबुकमा यस्तो प्रतिकृया दिएका हुन् ।
उनले स्ववियुको निर्वाचन नतिजाले माओवपादीमा उत्साह थलेको समेत बताएका छन् ।
‘भर्खरै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा हाम्रो पार्टी निकट अखिल ९क्रान्तिकारी० को पक्षमा देखिएको लहर निकै उत्साहप्रद छ ।कयौं क्याम्पसमा सत्ता गठबन्धनलाई समेत पराजित गर्दै देशभर प्राप्त नतिजाले भ्रष्टाचार र बेथितिका बिरुद्धको हाम्रो अभियानमा आजका सचेत एवं बौद्धिक युवा वर्ग साथमा रहेको थप पुष्टि भएको छ’, प्रचण्डले फेसबुकमा लेखेका छन् ।
स्ववियु निर्वाचनमा विजयी सबै विद्यार्थीहरूलाई उनले बधाई र शुभकामना समेत व्यक्त गरेका छन् ।