बालेन सरकारसंग आगो, भनेः ‘सबैलाई टुकुचामा गाडदिन्छु’


काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले सरकारको कडा आलोचना गरेका छन् । उनले फेसबुकमार्फत सरकारको कडा आलोचना गरेका हुन् ।

मेयर शाहले अबको एक हप्ताभित्र आफ्ना कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिने चेतावनी समेत दिएका छन् ।
‘को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन, अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु’, उनले फेसबुक स्टाटसमा लेखेका छन् ।

मेयर शाहले सरकारकै दम्भका कारण विगत ३ महिनादेखि महानगरका सरसफाइ कर्मचारीले तलब नपाएको बताएका छन् ।

‘काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले विगत ३ महिनादेखी तलब पाको छैन, सरकारको दम्भले’, उनले स्टाटसमा लेखेका छन्।

सरकारले कार्यकारी अधिकृत नपठाएपछि बिगत तीन महिनादेखि महानगर हाकिम विहिन छ । काठमाडौं भ्यु टावरको नक्सापाससम्बन्धी विवादमा तानिएपछि महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई महानगरले निलम्बन गरेको थियो ।

त्यसपछि सरकारले महानगरमा प्रमुख प्रशासकीय अधिकृत पठाउनेबारे हालसम्म कुनै निर्णय गरेको छैन । महानगरमा खटाइएका प्रमुख प्रशासकीय अधिकृत गुरागाईं कारबाहीमा तानिएपछि उनि पुस ७ गतेदेखि बिदामा छन् । उनिमाथि
कानुनविपरीत काठमाडौं भ्यु टावरको नक्सापास गरेको आरोप छ । तर, सामान्य प्रशासन मन्त्रालयले तीन बित्न लाग्दा समेत महानगरमा नयाँ प्रशासकीय अधिकृत नपठाउँदा महानगरका सबै आर्थिक गतिविधि ठप्प छन् भने त्यहाँका कर्मचारीले तलब समेत खान पाएका छन् ।

बालेनको स्टाटस

“काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले बिगत ३ महिना देखी तलब पाको छैन, सरकारको दम्भले !
को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन , अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु !
त्यो पछी हेरौँला तिमी हरुको के के तन्त्र हो!!”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार