भारतको गुजरात विमानस्थल नजिकै पूर्वमुख्यमन्त्री चढेको विमान विस्फोट

काठमाडौं । भारतको गुजरातस्थित अहमदाबाद विमानस्थल नजिकै भारतीय विमान दुर्घटना भएको छ । एयर इंडियाको फ्लाइट एआई १७१ ले दिउँसो १ बजेर ३८ मिनेटमा लण्डनका लागि उठान भरेको दुई मिनटमै विमान विस्फोट भएको हो । विमानमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीसहित २४२ यात्रु थिए ।

विमान टेकअफ गर्नेबेला एयरपोर्टको बाउंड्री नजिक विस्फोट भएको थियो ।
विमान दुर्घटना हुँदा सो क्षेत्र वरपर पुरै कालो धुँवाले ढाकिएको दृष्यहरु समाजिकसंजालमा आइरहेका छन् । ।

दुर्घटनापछि सातवटा दमकल सहित आपतकालीन सेवाहरू घटनास्थलमा पुगेर उद्धार र जाँचबुझको काम भइरहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार