कलाकार, समाजसेवी शान्ताकुमारी तामाङ धादिङ २ बाट काँग्रेसको समानुपातिक उम्मेदवार

धादिङ । नेपाली कांग्रेसकी नेतृ एवम् कलाकार, समाजसेवी शान्ताकुमारी तामाङ धादिङ क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक उम्मेदवारको बन्दसूचीमा समावेश भएकी छन् ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आदीवासी जनजाती महिलातर्फ तामाङको नाम समानुपातिक उम्मेदवारको बन्दसूचीमा समावेश भएको हो ।

झण्डै दुई दशकदेखि काँग्रेसमा विधार्थीकाल देखि नै रहेर राजनीति, कलाकारीता र समाजसेवामा सकृय नेतृ तामाङ दुई पटक काँग्रेसको अधिवेशनमा महासमिति सदस्य भइसकेकी छन् । त्यस्तै जय नेपाल इन्टरनेशनल फाउण्डेसनको संस्थापक सदस्य रहेकी तामाङ २०७९को निर्वाचनमा प्रदेश सभा सदस्यमा बन्द सूचीमा समेत परेकी थिइन् ।

धादिङको खनियाबास गाउँपालिका-३ की स्थायी बासिन्दा नेतृ तामाङ कलाकारिता र समाजसेवामा एक स्थापित नाम हो । विशेषगरी आदीवासी जनजातीहरुको कला, संस्कृती, भेषभुषा, महिला शसक्तीकरणमा उनको महत्वपुर्ण योगदान छ ।

नेपाली चलचित्र “हिमालकी रानी” की नायिका समेत रहेकी नेतृ तामाङले आदीवासी जनजाती महिलाहरुको शसक्तीकरण र कलासंस्कृतीको जर्गेना गर्ने उदेश्यले हरेक बर्ष “मिस एण्ड मिसेस तामाङ, मिस एण्ड मिसेस गुरुङ” जस्ता प्रतिष्ठित प्रतियोगिता गर्दै आएकी छन् ।

आदीवासी जनजाती विवाहित र अविवाहित महिलाहरुको समग्र विकास र समुदायको कला संस्कृती, भेषभुषा, गीत संगीतको प्रचारप्रसार र जर्गेनामा उनको ठुलो योगदान रहँदै आएको छ । नेतृ तामाङलाई आदीवासी जनजाती समुदायका नयाँ पुस्ताहरुले आफ्नो आइडलका रुपमा समेत लिने गर्दछन् ।

समुदायमा रहेर काम गरिरहेकी नेतृ तामाङ संसदमा पुग्ने अवसर मिलेमा आवाजविहिन जनताको पक्षमा अझै सकृय रुपमा काम गर्ने बताउँछिन् । राज्यबाट उपेक्षामा रहेको बर्ग, समुदायका समस्या, महिलाका उत्पीडन र एजेण्डाबारे संसदमा गएर उनिहरुको पक्षमा नीति नियम, कानुन निर्माणमा भूमिका खेल्ने नेतृ तामाङको भनाई छ ।

आवाजविहिन र पीडितहरुको पक्षमा सधैं बुलन्द आवाज उठाउँदै आएकी नेतृ तामाङको सामाजिक प्रतिबद्धता, निष्ठा र सेवाभावले जनताको अधिकार र आवाजलाई अझ सशक्त बनाउने धादिङवासीको विश्वास छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार