कांग्रेसले सभापति थापालाई भावी प्रधानमन्त्री घोषणा गर्दै


काठमाडौं । नेपाली कांग्रेसले पार्टी सभापति गगन थापालाई औपचारिक रुपमा भावी प्रधानमन्त्री घोषणा गर्ने भएको छ । शुक्रबार केन्द्रीय कार्यालय सानेपामा बस्ने केन्द्रीय कार्यसमितिको बैठकले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणाको औपचारिक निर्णय गर्ने नेताहरुले बताएका छन् ।

बैठकले सभापति गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गरेर फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा होमिन निर्णय समेत गर्ने बताइएको छ ।

गत पुस २७ गतेदेखि माघ १ गतेसम्म चलेको कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट थापा सभापति चुनिएका थिए ।

विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यहरु आज पहिलो पटक केन्द्रीय कार्यालय सानेपा पुग्नेछन् ।

त्यहाँ सभापति गगन थापाले पदभार ग्रहण गरेपछि केन्द्रीय कार्यसमितिको बैठक सानेपामा बस्नेछ । बैठकले सभापति थापा्लाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्नेछ र बैठकपछि सभापति थापा चुनाव प्रचारका लागि सर्लाही क्षेत्र नम्बर ४ जानेछन् ।

थापा यस अधिको निर्वाचनमा भने काठमाडौं ४ बाट निर्वाचित भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार