नेकपाको राष्ट्रिय सभामा दलको नेता भुसाल र प्रमुख सचेतकमा शाह नियुक्त

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको राष्ट्रिय सभा संसदीय दलको नेतामा बेदुराम भुसाल र प्रमुख सचेतकमा मदनकुमारी शाह गरिमा नियुक्त भएका छन् । आइतबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले भुसाललाई दलको नेता र शाहलाई प्रमुख सचेतकमा नियुक्त गरेको    हो ।

त्यसैगरी, सचेतकमा गंगा बेलवासेलाई नियुक्त गरिएको छ। दलको नेता नारायणकाजी श्रेष्ठ राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बनेका छन् । उनको ठाउँमा नेकपाले भुसाललाई नियुक्त गरिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार