
काठमाडौं । खगेन्द्र सुनार रास्वपाबाट प्रत्यक्ष चुनाव जितेर सांसद हुने दलित समुदायका एक्ला उम्मेदवार हुन् । दलित समुदायको मुद्दा खरो रुपमा उठाएर राजनीतिमा उदाएका खगेन्द्र संसद छिरेपछि दलितलाई नै भुल्छन् की भन्ने आशंकाबीच उनि आफ्नो धरालत र कर्तव्य सम्झिदै सुर्खेतमा बलात्कारपछि हत्या भएकी इनिशा विकको न्यायका लागि सडकमै उत्रिए । पीडितको घरमै पुगे ।
घटनाका पीडित परिवारलाई भेट्ने संम्भवत उनि पहिलो निर्वाचित सांसद थिए । पीडित परिवारलाई घरमै भेटेर उनले दोषीलाई हदैसम्मको कार्बाहीका लागि आफु शसक्त रुपमा लाग्ने वाचा पनि गरे ।
निर्वाचन क्षेत्रबाट काठमाडौं फर्के लगत्तै खगेन्द्रले इनिशाको न्यायका लागि शुक्रबार माइतीघरमा प्लेकार्ड लिएर नै सडकका उत्रिए । दोषीलाई कुनै पनि वाहानामा उम्काउन नमिल्ने र हदैसम्मको कार्बाही गर्नुपर्ने दवाव दिए ।
रुकुम पश्चिमको नवराज विक हत्याकाण्डबाट दलित अभियन्ताका रुपमा उदाएका खगेन्द्र विशेषगरी थला परेको दलित आन्दोलनलाई छोटो समयमा जुरुक्कै उठाएर गाउँदेखि काठमाडौंसम्म माहोल तताउन सफल भएका अभियन्ता हुन् ।
हिजो साङ्लोको जन्जिर लगाएर दलितलाई खैं भन्ने नारा लेखिएको प्लेकार्ड हातमा बोकेर काठमाडौंको सडकमा देखिने खगेन्द्र आज बालात्कारबाट हत्या भएकी एक दलित किशोरीको न्यायका लागि त्यसरी नै हातमा प्लेकार्ड लिएर सडकका उत्रिएका छन् ।
देशका रास्वपाको बहुमत सरकार बन्नै लाग्दा खगेन्द्रको समेत मन्त्रि बन्ने चर्चा सुरु भएको छ ।
बालेन शाह प्रधानमन्त्री बन्ने भएपछि उनको मन्त्रिमण्डलमा बिषय विज्ञ, दक्ष ब्यक्तिहरु मन्त्रि बन्नु पर्ने बहस भइरहेका बेला खगेन्द्रको नाम पनि मन्त्रिमा समावेश हुने चर्चा सुरु भएको हो ।
पत्रकारीता हुँदै सामाजिक न्यायको क्षेत्रमा लामो अनुभव र दक्षता हासिल गरेका खगेन्द्रलाई बालेन र रविले कुन मन्त्रालयको जिम्मा देलान भन्ने आमचासो रहेको छ ।










