
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल०)को ‘रेड एरिया’को २७ नम्बर बेडमा राखिएको छ । स्वास्थ्य परीक्षणका लागि ओलीलाई उक्त वेडमा राखिएको हो ।
विशेष र जटिल प्रकारका बिरामीहरुलाई राखिने रेड एरियामा ओलीलाई पनि राखिएको हो । ओली मिर्गौला प्रत्यारोपणका बिरामी समेत रहेकाले मिर्गौला डाक्टरले स्वास्थ्य परीक्षण गर्ने तयारी छ । त्यसपछि डाक्टरको सुझाव अनुसार आवश्यक प्रक्रिया अघि बढ्ने बताइएको छ ।
जेनजी आन्दोलन दमन गरेको आरोपमा फौजदारी कसुरमा कारबाही सिफारिस भएपछि आज बिहान उनलाई प्रहरीले गुण्डु निवासबाट पक्राउ गरेको थियो ।
पक्राउ गरेर प्रहरी परिसरबाट ओलीलाई चेकजाँचका लागि टिचिङ अस्पताल लगिएको बताइएको छ ।










