सरकारी जग्गा हडप्नेलाई तत्काल कारबाही गर– नेता सिंह

बुटवल । सरकारी जग्गा हिनामिना गर्ने कार्यमा सत्तापक्षकै ठुला नेताको संलग्नता देखिएकोप्रती नेपाल कम्युनिष्ट पार्टी मसालका महामन्त्री मोहनविक्रम सिंहले आपत्ती जनाएका छन् ।

बुटवलमा पत्रकारहरुसंग कुरा गर्दै नेता सिंहले भने, “सरकारी जग्गा हडप्नेलाई तत्काल कानुनी कारबाही हुनुपर्छ, बालुवाटार भित्रको जग्गा हिनामिनाबारे सत्तापक्ष नेकपाका ठुला नेता मुछिएका कुरा छ, जुन दुखत हो ।”

मसालका महामन्त्री सिंहले वर्तमान सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणमा असफल भएको समेत आरोप लगाएका छन् । देशमा जघन्य अपराधका घटना हुँदा पनि सरकार निष्कृय जस्तै भएकाले यो सरकारकै असफलता हो उनले भने, “निर्मला हत्याकाण्ड लगायतका घटनाका दोसी पक्राउ परेका छैनन, भ्रष्टाचार झन मौलाउँदै छ ।”

महामन्त्री सिंहले राष्ट्रियताको विषयमा सरकार स्पष्ट नीतिका साथ अघि नबढेको बताउदै नागरीकता विधेयकले राष्ट्रियताको धज्जी उठाएको आरोप लगाए । सरकारको यस्ते कार्यले नेपालको रााष्ट्रियता, सार्बभौमिकता र अखण्डतामा भारतीय बिस्तारबादबाट खतरा रहेको उनको दाबी थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार