वास्तविक मजदुरलाई छुन नसकेको मेय १

मजदुरको पिडामाथीको राजनीति, सडकको दुबै तिर फरक फरक पार्टीका झण्डा

काठमाडौं । प्रत्यक वर्ष मे १ मा विश्व मजदुर दिवस मनाइन्छ । मजदुरका हक हितका लागि आवाज उठाउने दिनका रुपमा पनि यो दिवसलाई लिने गरिन्छ । नेपालमा  यो दिवसले निकै मान्यता पाएको छ ।

शहर देखि गाउँसम्म यो दिवस भव्यताका साथ मनाइन्छ । तर, जो वास्तविक मज्दुर हुन् ति भन्दा फरक मान्छेले दिवसलाई महत्वका साथ लिन्छन् । एक दिन काम गरेन भने, मालिकले पैसा नदिएर पेट पाल्न समस्या हुने मजदुर दिवसमा देखिदैनन् । उनीहरुले प्लेकार्ड समात्न पाउदैनन् यति सम्मकी दिवसको जाकारी समेत पाउदैंनन् ।

‘संसारका मजदुरहरु एक हौं’ भन्दै सडक पेटिमा कुद्ने राजनैतिक दलका भातृसंगठन र सरकारी कार्यालयले देशका मजदुरलाई समेत एक पार्न सकेका छैनन् । एउटै उदेश्य, एउटै सवाल र एउटै ठाउँमा पनि राजनैतिक पार्टीका भातृ संगठनको रुपमा रहेका मजदुर संगठनले एउटै ठाउँमा उभिएर आफ्नो वर्गको आवाज बुलन्द गर्न सकेका छैनन् ।

यसबाटै थाहा हुन्छ कि मज्दुरका समस्या र पीडालाई कति सम्मको राजनीतिले छोएको छ भनेर । यो जुलुस यो प्रदर्शन र कार्यक्रम वास्तविक मजदुरको नभएर पार्टीका मजदुर संगठनको हो । यो, जो कोहिले पनि सहजै अनुमान लगाएर भन्न सक्छन् ।

दिवसको दिन काठमाडौंको रत्नपार्कमा निकालिएको जुलुसमा सडकको दायाँतिर कांग्रेसका मजदुरहरुको जुलुस छ भने वायाँ किनारामा सत्तारुढ नेकपा समर्थक मजदुरहरुको बेग्लै जुलुस निस्किएको छ ।

संसारका मजदुर एक हौं भन्ने त कुरा न हो, विभिन्न पार्टीका भातृ संगठनका रुपमा रहेका नेपाली मजदुरहरुले आज मे १ का दिनमा पनि एकैठाउँ उभिएर मजदुरका आवाज बुलन्द गर्न सकेनन् । र, छुट्टाछुट्टै जुलुस निकालेर एकताविरोधी सन्देश दिए ।

सत्तारुढ नेकपा निकट अखिल नेपाल ट्रेड युनियन महासंघले सुन्धाराबाट प्रभातफेरि सुरु गरी भृकुटीमण्डपसम्म पुगेको थियो । त्यसैगरी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको मजदुर संगठन नेपाल ट्रेड युनियन कांग्रेसले भद्रकालीबाट र्‍याली सुरु गरी प्रदर्शनीमार्गस्थित बाल्मिकी क्याम्पसमा पुगेर सभा गरेको थियो ।

त्यसैगरी स्वतन्त्र प्रजातान्त्रिक ट्रेड युनियन महासंघले बिहान बबरमहलदेखि नयाँ बानेश्वरसम्म जुलुस र कोणसभा गरेको  थियो ।हुन त मजदुर संगठनहरुले बेग्लाबेग्लै जुलुस निकाले पनि पत्रकारहरुका संस्थाले भने बुधबार बिहान पत्रकार महासंघको ब्यानरमा बबरमहलदेखि नयाँ बानेश्वरसम्म संयुक्त जुलुस निकालेका थिए । पत्रकारको कार्यक्रममा सत्तापक्ष र प्रतिपक्षका पत्रकारहरु एकै ठाउँमा उभिएका थिए ।

यसैबाट थाहा हुन्छ कि, नेपालका राजनैतिक दल मजदुरको समस्या समाधानका लागि कत्तिको जिम्मेवार छन् भनेर । वास्तविक मजदुर भन्दा पनि नाटकिय रुपमा गरिएका यस्ता दिवसले वास्तविक पीडितका समस्या समाधानमा कसरी सहयोग पुग्छ त भन्ने प्रश्न आज तपाई हामी सबैको चुनौतिको विषय बनेको छ ।

दिवस आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै अमेरिकाको शिकागो शहरबा सुरु भएको हो । त्यहाँका मजदुरहरुले गरेको संघर्षको सम्झनामा अरेक वर्ष मे १ का दिन मजदुर दिवस मनाउने गरिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार