काठमाडौं । भारतको उडिसामा आएको शक्तिशाली समुद्री चक्रवात फानीका कारण तीनजनाको मृत्यु भएको छ । बंगालको खाडीबाट आएको शक्तिशाली फानीबाट ठुलो धनमालको क्षेति भएको छ । बुधबार बिहान बंगालको खाडीको विकसित भएको फानीले शुक्रबार बिहान १० बजे उडिसाको तटीय क्षेत्रमा प्रवेश गरेको थियो ।
त्यसको असर स्वरूप करिब १७४ किमि प्रतिघन्टाको गतिले आएको डरलाग्दो आँधीले उक्त क्षेत्रमा तीन जनाको मृत्युका हुनुका साथै भौतिक क्षति पुगेको छ ।
सरकारले यस अघि नै खताराको बारेमा जानकारी गराएर पूर्व तयारी गरेकाले मानविय क्षेति धेरै भएन । तर, अत्यधिक तीव्र गतिको आँधीका कारण ठूलो मात्रामा धनमालको क्षति भने भएको छ ।
भारी वर्षासहित जोडका साथ आएको हुरीले ठुल्ठूला रुखहरु ढाल्नुका साथै पक्की पर्खालहरुसमेत ढलेका छन् । त्यसैगरी ठूलो संख्यामा बिजुली पोल, टेलिफोनका टावरहरुमा पनि क्षति पुगेको छ ।
रेडियोका टावरहरु पनि ढलेका छन् । फानी उडिसाको पुरी छेउको तटीय क्षेत्रबाट प्रवेश गरेको थियो । साथै दर्जनौं गाउँ समेत डुबेका छन् ।
फानीकै कारण उडिसा भएर जाने सबै फ्लाइट र ट्रेनलाई स्थगित गरिएको छ ।
सरकारले प्रभावित क्षेत्रलाई लक्षित गरे उद्दारका लागि सबै पूर्व तयारी र म्यानपावर समेत तयारी अवस्थामा राखेकाले धेरै क्षेति हुन पाएन । तत्काल खतरा देखिएको ठाउँबाट मान्छेलाइ सुरक्षित ठाउँसम्म सार्ने काम सेनाले गरेका थिए ।