काठमाडाैं । शक्ति पार्टी नेपाल र संघीय समाजबादी फोरम नेपालबीच पार्टी एकता हुने भएको छ । शनिबार नयाँ शक्तिको पार्टी कार्यालयमामा बसेको बैठकले पार्टी एकताको घोषणा गरेको हो । नयाँ पार्टीको नाम “समाजवादी पार्टी ” रहने छ ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ र उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल पार्टीबीच एकता गर्न २३ बुदामा सहमति भएको छ । दुई पार्टीबीच भएको छलफलले बैशाख २३ गते सोमबार पार्टी एकता घोषणा गर्ने सहमति भएको भट्टराई र यादवले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ।
लामो समयदेखि नयाँ पार्टी एकताको छलफल चलाई रहेका दुबै पार्टीले आउने सोमबार प्रज्ञा प्रतिष्ठानमा विशेष समारोहका बीच समाजवादी पार्टीको घोषणा गर्ने कार्यक्रम तय भएको छ ।
अब बन्ने पार्टीमा भट्टराई र यादव दुवै अध्यक्ष हुनेछन् । संघीय परिषदको अध्यक्षता भट्टराईले गर्ने र केन्द्रीय समितिको अध्यक्षता यादवले गर्ने सहमति भएको छ । पार्टीभित्र बरियताक्रममा बाबुराम पहिलो र त्यसपछि उपेन्द्र रहनेछन्।