काठमाडौं । नेपाली कांग्रेसले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गरेको छ । सरकारले गरेका गलत कामको बिरोध र पार्टी सुदृढीकरणका लागि भन्दै कांग्रेसले तीन चरणमा बुधबारदेखि एक बर्षे जागरण अभियान सुरु गर्न लागेको हो ।
कम्युनिष्ट सरकारले गरेका गलत कार्यको बिरोध गर्दै जनतामाफ जाने र पार्टी संगठनलाई थप सुदृढीकरण गर्दै बलियो बनाउने उदेश्यका साथ जागरण अभियान सुरु गरिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
पार्टीमा देखिएको आन्तरिक बिवाद केहि सुल्झाउदै काँग्रेसले ‘हिमाल, पहाड, तराई–मधेसी नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ नारा दिई ३ चरणमा १ वर्षभरि देशभर जागरण अभियान थालेको छ ।
प्रवक्ता शर्माका अनुसार पहिलो चरणअन्तर्गत देशका ७७ जिल्लामा १ महिनासम्म अभियान चल्नेछ ।
दोस्रोमा ३ सय ३० प्रदेश र तेस्रोमा ७ सय ५३ स्थानीय तहमा अभियान सञ्चालन हुनेछ ।